काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी आरजु राणा देउवासहित उनी थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका हुन् ।
देउवा दम्पती सोमबार सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरे। गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।
सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया