काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश संकट र अशान्तिको स्थितिमा रहेकाबेला राजनीतिक दल र नेताहरूले एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति त्यागी सत्य र न्यायको पक्षमा उभिनु आवश्यक रहेको बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै पोखरेलले लुटपाट, आगजनी र तोडफोडजस्ता आपराधिक गतिविधिमा संलग्न समूहको खुला विरोध गर्न नसक्नेहरूले अहिले एमालेमाथि अनावश्यक आरोप लगाउन थालेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् — सबैलाई कडा कारबाही गरौँ। देश जलिरहेका बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ।’
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया