काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश संकट र अशान्तिको स्थितिमा रहेकाबेला राजनीतिक दल र नेताहरूले एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति त्यागी सत्य र न्यायको पक्षमा उभिनु आवश्यक रहेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै पोखरेलले लुटपाट, आगजनी र तोडफोडजस्ता आपराधिक गतिविधिमा संलग्न समूहको खुला विरोध गर्न नसक्नेहरूले अहिले एमालेमाथि अनावश्यक आरोप लगाउन थालेको उल्लेख गरेका छन्।

advertisement

उनले लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् — सबैलाई कडा कारबाही गरौँ। देश जलिरहेका बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ।’

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com