काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर पुगेका छन्।
देउवा दम्पती सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर प्रस्थान गरेका हुन्। सिंगापुरको चाङ्गी विमानस्थलमा अवतरणपछि उनीहरूलाई ह्वीलचेयरमा अस्पतालतर्फ लगिएको स्रोतले जनाएको छ।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पती घाइते भएका थिए। सभापति देउवाको टाउकाको पछिल्लो भागमा १२ वटा टाँका लगाइएको कांग्रेसले जनाएको थियो।
हाल उनी स्वास्थ्य सुधारमा रहेका भए पनि चिकित्सकको सल्लाहअनुसार थप परीक्षण र उपचारका लागि सिंगापुर गएका हुन्।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया