काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले औपचारिक दल दर्ता प्रक्रियालाई तीव्रता दिएको छ। दल दर्ताका लागि आवश्यक कागजातसहित आज पार्टीका शीर्ष नेताहरू निर्वाचन आयोग जाँदै छन्।
पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरू वकिलहरूको टोलीसहित आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ पुग्ने तयारीमा छन्।
नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक सबै कागजात तयार पारिएको जानकारी दिएका छन्। उनका अनुसार, ‘पहिले पनि आयोगमा गएका थियौं, तर केही कागजपत्र अपूरा रहेका थिए। आज ती सबै आवश्यक कागजात लिएर वकिलहरूसहित बुझाउन जाँदैछौं।’
उनले यही कात्तिक महिनाभित्रै दल दर्ता प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको पनि स्पष्ट पारे।
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलले यही कात्तिक ३० गतेभित्र दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया