काठमाडौं । नेपालमा युवा आन्दोलनको ज्वाला अझै कमजोर भएको छैन। भदौ २३ र २४ गतेको आन्दोलनपछि पनि युवा सक्रियता जारी रहेको देखिन्छ। यही सन्दर्भमा मंगलबार युवा अभियन्ता संगीत बमले अनौठो तर प्रभावशाली ढंगले आफ्नो संदेश सार्वजनिक गरेका छन्।

बम बिहान रिपोर्टर्स क्लब नेपाल पुगेका थिए। सम्मेलन बिहान ११ बजे तोकिए पनि केही क्षणमै मात्र सम्पन्न भयो। सेतो परम्परागत पोशाकमा उपस्थित बमले मञ्चमा उभिएर दाहिने हातको दुई औंला ठड्याउँदै द गेम अफ लुसिफर भन्दै सांकेतिक विरोध देखाए। त्यसपछि कुनै भाषण वा टिप्पणी नगरी पत्रकार सम्मेलन समाप्त गरेका छन्।

advertisement

उक्त घटनाले बमको मौन र प्रतीकात्मक शैलीमार्फत नेपालको राजनीतिक यथार्थमा युवा विद्रोहको भावना प्रकट गरेको छ। बमको ‘भी’ साइन र मौन प्रदर्शन केवल शान्ति वा विजयको संकेत मात्र नभई पुरानो राजनीतिक व्यवस्थाविरुद्धको स्पष्ट चुनौतीको रूपमा पनि व्याख्या गर्न सकिन्छ।

यो क्रमलाई हेर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग समेत तुलना गर्दै ‘लुसिफर’ को प्रतीकात्मक अर्थमा व्याख्या गरेकाे छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com