एजेन्सी ।  बङ्गलादेशमा सोमबारमात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका साथै छ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष मात्र हाल सम्म सङ्क्रमितको सङ्ख्या ६६ हजार ४२३ पुगेको तथा मृतकको सङ्ख्या २६९ पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले जनाएको छ ।

डिजिएचएसको तथ्याङ्क अनुसार सेप्टेम्बरमा १५ हजार ८६६ तथा अक्टोबरमा अहिलेसम्म १९ हजार ०८१ डेङ्गुका सङ्क्रमित दर्ता भएका छन् । जसका कारण अक्टोबरमा ७१ जना तथा सेप्टेम्बरमा ७६ जनाको मृत्यु भएको जनाइएको छ ।

advertisement

 

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com