काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबारदेखि लागू हुने गरी आफ्नो राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका हुन्।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६  को खण्ड (क) बमोजिम मिति २०८२ साल कात्तिक ११ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा स्वीकृत हुन लेखित निवेदन दिएका छन्।’

advertisement

डा. अर्यालको राजीनामा स्वीकृत गर्ने प्रक्रिया संविधान र सम्बन्धित ऐनअनुसार अघि बढाइने राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com