काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबारदेखि लागू हुने गरी आफ्नो राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका हुन्।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२ साल कात्तिक ११ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा स्वीकृत हुन लेखित निवेदन दिएका छन्।’
डा. अर्यालको राजीनामा स्वीकृत गर्ने प्रक्रिया संविधान र सम्बन्धित ऐनअनुसार अघि बढाइने राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया