भोजपुर ।  बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।
यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा र पाँचधारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीय र पर्यटकले आवतजावतमा समस्या भोग्दै आएका थिए ।
सडकलाई मर्मत पश्चात यातायात सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।  यो पर्यटकीय सडक मार्ग भएकाले गाउँपालिकाले प्राथमिकता साथ मर्मतको काम गरेको उनको भनाइ छ ।
चखेवाबाट पाँचधारेसम्म यो सडकको लम्बाई करिव नौ किलोमिटर रहेको छ । गाउँपालिकाभित्रका अन्य  सडकको पनि मर्मत भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।  अवरोध सडक पुनः सञ्चालनमा आएपछि सामग्री ढुवानी, व्यापार–व्यवसाय र दैनिक आवतजावतमा सहज भएको स्थानीयबासीको भनाइ छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com