काठमाडौं । नेपाल र भारतबिचको महिला अन्तर्राष्ट्रिय फुटबल खेल आज हुने भएको छ।

यसअघि खेल बिहीबार हुने तय भएको थियो। अखिल नेपाल फुटबल सङ्घ एन्फा का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ।

advertisement

यी दुई टिमले गत सोमबार फिफा विन्डो अन्तर्गत भारतकै सिलोङमा भिडन्त गरेको थियो। सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलको सहयोगमा नेपालले सो खेलमा भारतलाई २–१ ले स्तब्ध बनाएको थियो।

भारतविरुद्ध आज हुने खेलमा भने साम्बाको उपस्थित हुनुहुने छैन। उनीसहित अन्य दुई प्रमुख खेलाडी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई पनि सो खेलमा खेल्नु हुने छैन।

व्यावसायिक फुटबल खेल्न कप्तान साम्बा अस्ट्रेलिया फर्किसकेकी छन्। यसै गरी अल इत्तिहाद क्लबमा आबद्ध प्रीति जोर्डन र निस अट्रोमिटोउबाट खेल्न एन्जिला ग्रिस प्रस्थान गरिन्।

 

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com