सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार बिहान लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिँदा दुर्घटना भएको हो।
घटनामा पाइलट विवेक खड्का सकुशल रहेका छन् र उनीको सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा हेलिकप्टरमा पाइलट बाहेक अन्य यात्रु सवार थिएनन्।
अल्टिच्युड एयरको ‘अल्फा माइक सेरा (AMS)’ कलसाइन रहेको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरिएको छ। घटनास्थलका तस्बिर र भिडियोहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया