काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीका युवाहरूले अघि सारेको ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ अभियानप्रति स्पष्ट समर्थन जनाएकी छन्।

बुधबार ५२६ जना युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई उनले आफ्नो फेसबुक पेजमार्फत साझा गर्दै उक्त मागप्रति ऐक्यवद्धता जनाउँदै युवाहरूको प्रयासलाई सकारात्मक कदमको रूपमा व्याख्या गरेकी छन्।

advertisement

झाँक्रीले लेखेकी छन्, ‘विचार र राजनीतिमा संगठित नहुँदाको कारणले जेन-जी आन्दोलन अरूले हाइज्याक गरे। तपाईंहरूको प्रयास ठिक दिशामा छ। मिल्नेहरू जोडिँदै जान्छन्, नमिल्नेहरू छोडिँदै जान्छन् – यो अभियान हो, आत्तिनु पर्दैन। अगाडि बढ्नुस्, मेरो सधैं साथ र शुभकामना छ।’

उनका अनुसार नयाँ पुस्तालाई राजनीतिक रूपले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्षम बनाउन जरुरी छ। उनले हालका युवा तथा विद्यार्थी संगठनहरू समाजमा प्रभावहीन बन्दै गएको र त्यसकै परिणामस्वरूप जेन-जी पुस्ताले नयाँ राजनीतिक स्पेस सिर्जना गर्न थालेको बताएकी छन्।

एकीकृत समाजवादीमा आबद्ध युवाहरूले जारी गरेको वक्तव्यमा पनि पार्टीभित्र गहिरो रूपान्तरण र पुस्तान्तरणको आवश्यकता औंल्याइएको छ। वक्तव्यमा भनिएको छ, ‘हजारौँ वामपन्थी मतदातालाई फेरि हाम्रो पार्टीभित्र संगठित गर्न नेतृत्व हस्तान्तरण अपरिहार्य छ। समयको मागअनुसार पार्टीलाई सुधार्दै, प्रगतिशील युवालाई अग्रभूमिमा ल्याउँदै, वाम एकताको नयाँ रूपको अभियान अघि बढाउनुपर्छ।’

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com