काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को आईसीयूमा उपचाररत छन्। मिर्गौलासम्बन्धी समस्या देखा परेपछि उनलाई तिहारअघि नै आईसीयूमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

२०६४ साल चैत २७ गते रौतहटको राजापुरमा भएको बम विस्फोट प्रकरणमा संलग्नताको आरोपमा आलमलाई जिल्ला अदालतले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो। अदालतले उनलाई त्रिलोकप्रताप सिंह राजपूत (पिन्टु) र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो।

advertisement

तर, आलमले उक्त फैसलाविरुद्ध वीरगञ्ज उच्च अदालतमा पुनरावेदन गरेपछि गत १४ जेठमा न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई निर्दोष ठहर गर्‍यो। त्यसपछि उनी सोही दिन नख्खु कारागारबाट रिहा भएका थिए।

कारागारबाट छुटेको केही दिनमै स्वास्थ्य समस्या देखिएपछि आलमलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। एक साताभन्दा बढी उपचारपछि डिस्चार्ज भएका उनले फेरि समस्या बल्झिएपछि दशैँअघि केएमसी अस्पतालमा उपचार गराएका थिए। त्यसपछिको केही समय स्थिर स्वास्थ्य रहे पनि तिहारअघि पुनः स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई पुनः आईसीयूमा भर्ना गरिएको हो।

अस्पतालका अनुसार हाल आलमको स्वास्थ्य अवस्था स्थिर रहेको छ र चिकित्सकको निगरानीमा उनको उपचार जारी छ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com