काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र सार्वजनिक गरेका छन्। पार्टीका नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत ओलीले प्रस्तुत गरेको उक्त प्रस्तावबारे जानकारी दिएका हुन्।

ओलीले संसद् पुनर्स्थापना गरी तीन महिनाभित्र नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने, राष्ट्रिय सहमति र स्थायित्वका लागि सबै दलबीच संवादको वातावरण निर्माण गर्नुपर्ने लगायतका सुझाव अघि सारेका छन्।

advertisement

यहीबीच, जेन–जी समूह र राजनीतिक दलबीच वार्ताको तयारी भइरहेका बेला ओलीको यो मार्गचित्र सार्वजनिक भएको हो। सरकारले आज (बुधबार) अपराह्न ४ बजे जेन–जी आन्दोलनका प्रतिनिधि र प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको छ।

सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको पहलमा वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। जेन–जी आन्दोलन सुरु भएपछि पहिलोपटक यस्तो त्रिपक्षीय वार्ता हुन लागेको हो, जसले आगामी राजनीतिक दिशाबारे निर्णायक संकेत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com