काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि त्यसका लागि स्पष्ट आधार नहुँदा पार्टी एकता सम्भव नहुने बताएका छन्। बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो कुरा बताएका हुन्।
अध्यक्ष नेपालले प्रतिवेदनमा भने, ‘कम्युनिस्ट एकता वर्तमान परिस्थितिमा आवश्यक छ। समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि एउटा बलियो क्रान्तिकारी शक्ति निर्माण हुनुपर्छ र त्यो शक्ति यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट मात्र संभव छ।’
तर, उनले जोड दिएका छन् कि स्पष्ट आधार बिना कुनै पनि पार्टीसँग एकता असम्भव छ। अध्यक्ष नेपालका अनुसार पार्टी एकताका लागि सबैभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीतिजस्ता आधारभूत विषयमा समान दृष्टिकोण हुनुपर्छ।
‘यी सबै महत्वपूर्ण विषयमा समानता नभएर कसैसँग पनि पार्टी एकता हुन सक्दैन। समानता रहेमा एकता गर्न ढिला गर्नुको अर्थ छैन,’ अध्यक्ष नेपालले बैठकमा स्पष्ट पारेका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया