काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले प्रहरी संगठनबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले आफ्नो राजीनामा प्रहरी प्रधान कार्यालयमा पेश गरेका हुन्।

राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी गृह मन्त्रालयमा पठाउने कानुनी व्यवस्था छ। सिनियर प्रहरी अधिकारीको राजीनामा मन्त्रालयले अनुमोदन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

advertisement

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, ‘राजीनामा आज प्राप्त भएको हो। किन दिइयो भन्ने विषयबारे हामीलाई जानकारी छैन। प्रक्रिया अनुसार गृह मन्त्रालयमा पेश गरिनेछ।’
प्रकाश रानाभाटले ०५८ साल साउन १८ गते इन्स्पेक्टरबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com