काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्। उनले जेन-जी आन्दोलनको मर्मअनुसार व्यवस्था परिवर्तनका लागि संविधान संशोधन पहिलो शर्त हुनुपर्नेमा जोड दिए।

बुधबार सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच जारी त्रिपक्षीय वार्ताप्रति टिप्पणी गर्दै नेता शाहीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।

advertisement

उनले लेखेका छन्, ‘आदरणीय जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही हुँदैन। चुनावबाट व्यक्ति परिवर्तन हुन्छन्, तर देशको अवस्था परिवर्तन हुँदैन।’

उनले आजको वार्ता संविधान संशोधन गरेर मात्रै चुनावमा जाने विषयमा केन्द्रित हुनुपर्ने बताए। राष्ट्रपतिले झुक्काएजस्तै आज दल र सरकारले युवाहरूलाई फेरि झुक्काउन सक्ने भन्दै उनले वार्तामा सहभागी जेन-जी प्रतिनिधिहरूलाई सचेत रहन आग्रह गरे।

नेता शाहीले वार्तामा सहभागी भएका जेन-जी प्रतिनिधिहरूको नियतमाथि समेत शंका व्यक्त गरे। ‘आज प्रधानमन्त्रीले बैठकमा बोलाएका जेन-जी नामधारीहरूमध्ये ८० प्रतिशत एनजिओका मान्छे जाँदैछन्,’ उनले दाबी गरेका छन्, ‘त्यसैले सच्चा राष्ट्रवादी युवा साथीहरू त्यो टिममा छौं भने तिमीहरूकै टिमले धोका दिन सक्छ, होसियार हुनु।’

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com