काठमाडौं । हतियारसहित दुई युवक काठमाडौं प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१८ ढल्कु क्षेत्रबाट पक्राउ परेकामा नुवाकोटको लिखु गाउँपालिका–६ का समीर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० का एलेक्स नेपाली रहेका छन्। श्रेष्ठ हाल नयाँबजार बस्दै आएका थिए भने नेपाली क्षेत्रपाटीमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरूले इचङ्गुनारायण मन्दिर क्षेत्र आसपास हतियार देखाएर सर्वसाधारणमा आतंक फैलाएको सूचनाका आधारमा मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

advertisement

पक्राउ परेकाबाट चाइनिज पेस्तोल, त्यसको एउटा खाली म्याग्जिन र ३११–२३ लेखिएको १२ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका दुबै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com