काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले २५१ जनालाई पक्राउ गरेको छ ।

११ कात्तिकसम्मको विवरण अनुसार देशभरबाट २५१ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

advertisement

प्रहरीका अनुसार सबैभन्दा काठमाडौँमा ९९ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ ।

त्यसैगरी ललितपुरमा २६ जना पक्राउ परेका छन् । भक्तपुरमा २१ जना पक्राउ परेका छन् । बाँकी अन्य जिल्लाहरूमा पक्राउ परेका हुन् । तोडफोड, आगजनी तथा लुटपाट जस्ता गतिविधिमा संलग्नहरू सबैलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइने प्रहरीको दाबी छ ।

प्रहरीको मेलमा आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका ३६ हजार भन्दा बढी भिडियो, फोटोहरूसहितको मेल आएका छन् ।

प्राप्त भिडिओ, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले बताएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सिंहदरबारलगायत महत्त्वपूर्ण सरकारी संरचनाहरू जलाइएको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com