काठमाडौं । एकीकृत समाजवादी पार्टीले आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चासो देखाएको छ ।

पार्टीको बुधबारबाट सुरु भएको केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले निर्वाचनको विषयमा गम्भिर प्रश्न उठेको जनाउँदै चासो देखाएका हुन् । प्रधानमन्त्री तहबाट नै आएको अभिव्यक्तिका कारण निर्वाचनको विषय पेचिलो बनेको उनले बताए । स्वच्छ निर्वाचनका लागि आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ छ ।

advertisement

यसैबीच फरक प्रसँगमा अध्यक्ष नेपालले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलिलाई लिएर चर्को असन्तुष्टि जनाएका छन् । ओलीले अन्य दलका नेता कार्यकर्तालाई अपमानित हुने गरि अभिव्यक्ति दिएको नेपालले बताए।

जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएको जनाएका छन् । नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com