नवलपरासी । लगातार वर्षापछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार सडक मर्मतका क्रममा एकतर्फी सञ्चालन हुँदै आएको दाउन्ने खण्डमा बिहानैदेखि परेको वर्षाले सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन आवागमन रोकिएको हो।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला आसपासको क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी नेपालले भने, ‘लगातारको वर्षाका कारण सडकको अवस्था निकै नाजुक बनेको छ। विशेषगरी मालवाहक सवारी उकालो चढ्न नसक्दा बाटोमा जामको स्थिति सिर्जना भएको छ। प्रहरी टोली खटिएर सवारी सञ्चालन सहज बनाउन प्रयासरत छ।’
दाउन्ने खण्ड पहिल्यैदेखि जोखिमपूर्ण मानिँदै आएको छ। लगातारको वर्षाले सडक थप बिग्रिएपछि स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन्।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया