काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ परेका युवराज गुरुङ उर्फ ‘सानुभाइ’ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनले ७ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्।

जेन–जी आन्दोलनपछि एक व्यवसायीलाई धम्की दिएको आरोपमा प्रहरीले उनलाई असोज १९ गते टोखाबाट पक्राउ गरेको थियो। नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक–पटक पक्राउ परेका थिए। यो उनको सातौँ गिरफ्तारी हो।

advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतका अनुसार अदालतको आदेशपछि सानुभाइलाई थुनामुक्त गरिएको हो।

यसअघि साउन १२ गते ठमेलस्थित नर्सिङ चोक नजिक रहेको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि उनलाई पक्राउ गरिएको थियो।

सानुभाइ दिवंगत कुमार श्रेष्ठ ‘घैंटे’का नजिकका सहयोगी मानिन्छन्। ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि सानुभाइले पनि आफूलाई सुरक्षित राख्न बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com