काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशन मंसिरभित्रै सम्पन्न गर्नुपर्ने दायित्वबाट कोही पनि उम्किन नपाउने बताएका छन्।

१३ दिन स्थगित भएपछि बिहीबारदेखि पुनः सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठकअघि सामाजिक सञ्जालमार्फत शाहीले महाधिवेशन स्थगित गर्ने वा ढिलाइ गर्ने प्रयास पार्टीको लोकतान्त्रिक चरित्रविरुद्ध हुने चेतावनी दिएका हुन्।

advertisement

उनले लेखेका छन्, नियमित महाधिवेशनको विकल्प फेरि नियमित महाधिवेशन नै हो। अन्य विषय उठाएर ध्यान मोड्ने प्रयासले कांग्रेसको लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ। १५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भाग्ने छुट कसैलाई छैन ,पानीमाथि बसेर कोही ओभानो हुँदैन।

शाहीले अहिलेको परिस्थितिको समाधान पुरानै सोच र पद्धतिबाट सम्भव नभएको उल्लेख गर्दै नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्दै पार्टीले परिवर्तनको सन्देश दिनुपर्ने बताए।

उनका अनुसार, ‘जेन-जी पुस्ताको आकांक्षा समेट्दै, नयाँ नेतृत्व र दृष्टिकोणसहित नियमित महाधिवेशन समयमै सम्पन्न गर्नु नै अहिलेको एकमात्र विकल्प हो।’

 

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com