एजेन्सी ।  खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै पनि गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार एएफएडी विपद् व्यवस्थापनको ८१ सदस्यीय टोली जीवीत व्यक्ती पत्ता लगाउने उपकरण र प्रशिक्षित खोजी कुकुरहरूसहित विशेष खोजी र उद्धार उपकरणहरू लिएर एक हप्ता अघि गाजाका लागि प्रस्थान गरेको थियो ।

advertisement

तर उनीहरूलाई गाजामा प्रवेश गर्न इजरायलले स्वीकृति प्राप्त नभएकाले एएफएडी अझै पनि सीमामा पर्खिरहेको र इजरायलले अझै पनि टोलीलाई प्रवेश गर्न कुनै अनुमति जारी नगरेको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर मा गाजा युद्ध सुरु भएदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा टर्कीको उपस्थितिको कडा विरोध गरेपछि टर्कीसँगको इजरायलको सम्बन्ध बिग्रिएको छ ।

अन्काराले हालैको गाजा युद्धविरामको सहजकर्ताको रुपमा आफ्नो भूमिकाले यसलाई केही लाभ दिने र हाल सँगै राखिएको अन्तर्राष्ट्रिय शान्ति मिसनमा भाग लिन अनुमति दिने आशा गरिरहेको जनाइएको छ ।

‘टर्की युद्धविरामको साझदार मध्ये एक भएको र सम्झौतामा हस्ताक्षर गरेको बताउदै स्वीकृतीका लागि अझै पर्खिरहेको स्रोतले बताएको छ ।

यस हप्ताको सुरुमा, इजरायली विदेश मन्त्री गिडियोन सारले इजरायलका विरुद्ध ‘शत्रुतापूर्ण बयान’ र ‘कूटनीतिक र आर्थिक उपायहरू’ मा टर्कीको सहभागितालाई अस्वीकार गर्दै इजरायलप्रति निष्पक्ष’ भएका देशहरूले मात्र गाजालाई सुरक्षित गर्न सेना पठाउन सक्ने बताएका थिए । उनले टर्कीको सशस्त्र सेनालाई गाजा पट्टीमा प्रवेश गर्न दिनु उचित नभएको र यसमा आफु सहमत नभएको बताएका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com