काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन ।
उनले बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास रहेको बताए ।
उनले सबै निकायहरूबिच सूचनाको आदान प्रदान, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरू अन्य कार्यालयहरु र निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरूलाई पनि अनलाइनमा जोडी संयुक्त रूपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थ मन्त्रीले निर्देशन दिए।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया