काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा बिहीबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ।

अर्थ मन्त्रालयमा बसेको उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरू सहभागी थिए।

advertisement

बैठक अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुतिबाट सुरु भएको थियो।

बैठकले राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रदेखि जिल्ला स्तरसम्म सशक्त समन्वयात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यस अन्तर्गत जिल्ला स्तरमा सचेतना कार्यक्रम र संयुक्त बैठकहरू आयोजना गर्ने, सबै सम्बन्धित निकायबीच सूचनाको आदानप्रदान प्रणाली सुदृढ बनाउने, र अनलाइनमार्फत जिल्ला कार्यालयहरूलाई जोडेर सहकार्य गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो।

अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायको साझा प्रतिबद्धता आवश्यक रहेको बताउँदै, आगामी बैठकहरू विभिन्न कार्यालय र निकायमा पालैपालो आयोजना गर्ने निर्देशन समेत दिएका छन्।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com