काठमाडौं । गृह मन्त्रालयले गत भदौमा जेन-जी पुस्ताको अगुवाइमा भएको प्रदर्शनबाट सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिपछि अनुकूल व्यावसायिक वातावरण तयार गर्न निजी क्षेत्रसँग समन्वय बैठक राख्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले बिहीबार सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो।
‘गत भदौ २३ र २४ गते जेन-जी पुस्ताको अगुवाइमा भएको प्रदर्शनको क्रममा ठूलो जनधनको क्षति भएको विदितै छ। यस क्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानी नोक्सानी भएको सम्बन्धमा अनुकूल व्यवसायिक वातावरण तयार गर्न बैठक’ आयोजना गर्न पत्रमा भनिएको छ।
निर्देशनअनुसार, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत अन्य व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्नुपर्नेछ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया