काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको स्वार्थ र संकट निवारणका लागि बनेको एकता दीर्घकालीन नहुने चेतावनी दिएकी छिन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्, ‘व्यक्तिको आवश्यकता र संकट टार्न बनेको एकता अन्ततः अनेकतामा परिणत हुन्छ। इतिहासले यही कुरा बारम्बार देखाएको छ। मान्छे थपेर बहुमत जुटाउन त सकिन्छ, तर त्यस्तो बहुमतले सबैको भावना प्रतिनिधित्व गर्छ भन्ने चाहिँ हुँदैन।’
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरणको तयारी भइरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति आएको हो। पछिल्ला दिनमा दुबै पार्टीका नेताहरूबीच एकता र त्यसका स्वरूपबारे विभिन्न मत देखिँदै आएका छन्।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया