काठमाडौं । परिवर्तित राजनीतिक अवस्थामा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले फेरि प्रतिक्रिया दिएका छन्।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘राजनीति कुनै कला र कन्सपिरेसी थ्यौरी होइन। यो विज्ञान हो।’
राजनीतिलाई न्यूटनको चालसम्बन्धी तेस्रो नियमसँग तुलना गर्दै उनले थपेका छन्,‘कोही पनि प्रत्येक क्रियाको बराबर तर विपरित प्रतिक्रियाको नियमभन्दा अलग रहन सक्तैन।’
उनले समग्र राजनीतिक अवस्थालाई मात्र नभई कम्युनिस्ट पार्टीहरुमा देखिएको अन्तरबिरोध र एमालेभित्र नै उठेका सवाललाई समेत संकेत गरेको मानिन्छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया