काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा नेतृत्वको समूहले पार्टीको नियमित महाधिवेशन आगामी पुस १६ गतेसम्म सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ।

शुक्रबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यलयमा बसेको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी थिए।

advertisement

छलफलपछि सहमहामन्त्री बद्री पाण्डेले क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याएर पुस १६ गते महाधिवेशनको उद्घाटन गर्न सकिने निष्कर्षमा समूह पुगेको बताए। उनका अनुसार क्रियाशील सदस्यता टुंग्याएपछि १५ दिनभित्र तल्लो तहका समितिहरूको अधिवेशन सम्पन्न गर्न सकिने प्रस्ताव गरिएको छ।

उक्त मितिलाई विशेष बनाउने उद्देश्यले पुस १६ गतेलाई रोजिएको बताइन्छ, किनभने सो दिन कांग्रेस संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस समेत पर्छ।

विशालनगरको छलफलपछि महामन्त्रीद्वय थापा र शर्मा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन्। उनीहरूले महाधिवेशनको मिति र तयारीबारे साझा एजेन्डा तयार पार्ने उद्देश्यले छलफल अघि बढाइरहेको बताएका छन्।

पदाधिकारी बैठक बस्नुअघि कांग्रेसभित्र अहिले आगामी महाधिवेशनलाई लिएर साझा सहमति बनाउने प्रयास तीव्र रूपमा चलिरहेको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com