काठमाडौं । नेता शेखर कोइरालासँगको सहमतिको सूत्र बोकेर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा शुक्रबार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा बसेका छन्।

विहीबारको संवादमा ठोस निष्कर्ष ननिस्केपछि पुस १६ गतेसम्म नियमित महाधिवेशन गर्न सकिने नयाँ प्रस्तावसहित उनीहरू खड्कासँग छलफलमा जुटेका हुन्।

advertisement

यसअघि नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेबीच कोइरालाको विशालनगरस्थित कार्यलयमा भएको बैठकले पुस १६ भित्र महाधिवेशन सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको थियो।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार क्रियाशील सदस्यता एक महिनाभित्र टुंग्याएर त्यसपछि १५ दिनभित्र तल्लो तहका अधिवेशन सकाउने तयारी भइरहेको छ।

पुस १६ गते पार्टीका संस्थापक नेता बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस समेत भएकाले सोही दिन महाधिवेशनको उद्घाटन गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ।

कांग्रेस नेतृत्वबीच महाधिवेशनको मिति र तयारीबारे साझा एजेन्डा तयार पार्ने प्रयास अहिले तीव्र गतिमा अघि बढिरहेको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com