काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबार परिसरभित्र सार्ने तयारी अन्तिम चरणमा पुगेको छ। भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालयको भवनमा लागेको आगलागीपछि अहिले मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम गर्दै आएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सिंहदरबारको दक्षिण–पश्चिम भागमा रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा अस्थायी रूपमा नयाँ प्रिफ्याब संरचना निर्माण भइरहेको छ। सेनाको गण उत्तरतर्फ सरेपछि खाली भएको सो जग्गामा ६ वटा प्रिफ्याब भवन निर्माण कार्य अघि बढेको उनले बताए।

advertisement

डा. बुढाथोकीले भने, “प्रिफ्याब भवनहरूको काम तीव्र गतिमा भइरहेको छ। मंसिर लागेपछि मन्त्रालय सिंहदरबारभित्र सर्न सक्ने सम्भावना छ।”

उनका अनुसार मन्त्रालय स्थायी रूपमा सिंहदरबारभित्रै राख्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ। संसद् सचिवालयको पुरानो भवन स्वास्थ्य मन्त्रालयलाई स्थायी संरचना रूपमा उपलब्ध गराउने विषयमा प्रारम्भिक कुराकानी भए पनि निर्णय भने भइसकेको छैन।

अस्थायी भवन मंसिरभित्र तयार हुने भएकाले मन्त्रालय त्यही समयदेखि सिंहदरबार परिसरबाट सेवा सञ्चालन गर्ने तयारीमा छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com