काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. तोसिमा कार्कीमाथि पार्टीभित्रैबाट सक्रियता त्याग्न दबाब बढ्न थालेको खुलेको छ।

पार्टी पुनर्गठन र एजेन्डा–केन्द्रित राजनीतिको आवश्यकता उठाउँदै आएकी कार्कीले पछिल्ला दिनमा विभिन्न आन्तरिक दबाब र आलोचनाको सामना गर्नुपरेको बताइएका विवरण सार्वजनिक भएका छन्। उनले आफैंले पनि “पार्टी छाड्न लागेको”, ‘छाडेर जा’, किन नछाडेको” जस्ता दबाबपूर्ण भनाइहरू पार्टीभित्रबाट आइरहेको संकेत गरेकी छन्।

advertisement

कार्कीले रास्वपालाई व्यक्ति–केन्द्रित अभ्यासबाट हटाएर सामूहिक नेतृत्व र स्पष्ट राजनीतिक एजेन्डासहित अघि बढाउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएकी छन्। सोही कारण सचिवालय पुनर्गठनमा उनलाई समावेश नगरिएको बुझिएको छ।

पार्टीका आन्तरिक बैठकहरूमा उनले नयाँ राजनीतिक परिवेशअनुसार संरचना र नीति परिमार्जन गर्नुपर्ने विषय पटक–पटक उठाउँदै आएकी थिइन्। जेन–जी आन्दोलनपछिको राजनीतिक उत्थान र सभापति रवि लामिछाने नख्खु जेलबाट ‘नायकको रूपमा’ निस्किएको प्रसङ्गबारे पनि उनले आन्तरिक छलफलमा प्रश्न उठाएको स्रोतहरू बताउँछन्।

हालै रास्वपा परित्याग गरी स्वतन्त्र अभियानमा लागेकी नेतृ सुमना श्रेष्ठपछि तोसिमा कार्कीमाथि पनि पार्टी छाड्न दबाब थपिएको बुझिन्छ।

रास्वपाभित्रको यो घटनाक्रमले पार्टीभित्र नेतृत्व–केन्द्रित कार्यशैली र आन्तरिक लोकतन्त्रबारे पुनः बहस सुरु भएको देखिन्छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com