काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय भए पनि आफू र आफ्ना समूह त्यस प्रक्रियामा सहभागी नहुने स्पष्ट गरेकी छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले हाल भइरहेको एकता प्रक्रिया वाम एकता नभई पूर्ण मर्जरको दिशामा अघि बढेको बताउँदै त्यसप्रति असहमति जनाइन्।
उनका अनुसार ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पनि उक्त निर्णयप्रति असन्तुष्ट छन्।
झाँक्रीले भनिन्, ‘यो मर्जरको नाममा भइरहेको अभ्यासले वाम आन्दोलनलाई सुदृढ बनाउने होइन, बरु पार्टीभित्र तानाशाही प्रवृत्तिलाई संस्थागत गर्ने खतरा बढाएको छ।’
उनले वाम एकताको उद्देश्य पूरा गर्नका लागि एमालेलगायत अन्य वाम शक्तिहरूसँग पनि संवाद हुनुपर्नेमा जोड दिँदै, दुई पार्टीबीचको मर्जरले मात्रै वाम आन्दोलनका विद्यमान चुनौती समाधान गर्न नसक्ने बताइन्।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया