काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको वर्तमान अवस्थाको जिम्मेवारी केवल नेताहरूमा होइन, जनतामै पनि रहेको बताएका छन्।

शुक्रबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनताले पनि अहिलेको राजनीतिक र सामाजिक संकटको बराबर जिम्मेवारी लिनुपर्ने बताए।

advertisement

केसीले स्मरण गर्दै भने, ‘मैले संसद्‌मा धेरै पहिलेदेखि चेतावनी दिएको थिएँ— नेपालले बंगलादेशको हविगत भोग्न सक्छ भनेर। तर त्यतिबेला कसैले सुनेन।’

उनका अनुसार देशमा देखिएको विकराल अवस्था केवल नेताहरूको गल्ती होइन, जनताको चेतनास्तर कमजोर हुनु पनि ठूलो कारण हो।

उनले थपे, ‘अहिलेको यो परिस्थिति नेतामात्रको कारण होइन। भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता पनि दोषी हुन्। सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ, तर हामीले पनि बुझाउने प्रयास गर्नुपर्छ।’

त्यसक्रममा उनले राजनीतिक दलहरू आफ्ना स्वार्थका लागि विदेशी एजेन्डा बोकेको आरोप लगाउँदै राष्ट्रिय स्वाभिमान र जनमुखी राजनीति नै अहिलेको आवश्यकता भएको बताए।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com