काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सामग्री र तयारीमा कुनै कमी नरहेको बताएकी छन्।

शुक्रबार अपराह्न सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् आठ सदस्यीय बनेपछि सरकारले निर्वाचन आयोगसँग विस्तृत रूपमा तयारीबारे छलफल गरेको जानकारी दिइन्।

advertisement

उनका अनुसार, आयोगका पदाधिकारीहरूले निर्वाचनका लागि आवश्यक पर्ने अधिकांश सामग्रीहरू पहिले नै तयारी अवस्थामा रहेको बताएका छन्। प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका लागि झण्डै १२० प्रकारका सामग्रीहरू चाहिने रहेछन्, जसको करिब ९० प्रतिशत अहिले नै आयोगसँग उपलब्ध छन्। बाँकी १० देखि २० वस्तु पनि नेपालमै सहज रूपमा प्राप्त हुने भएकाले स्थानीय रूपमा खरिद गर्ने निर्णय गरिएको छ।”

प्रधानमन्त्री कार्कीले आयोगका अधिकारीहरू यसअघि पनि निर्वाचन गराउने जिम्मेवारीमा रहेकाले अनुभव र आत्मविश्वासका साथ तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सक्षम रहेको बताइन्।

उनले थपिन्, “हामीले सरकारले गर्ने तयारीबारे छलफल गरेपछि आयोगले राजनीतिक दल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूसँग पनि परामर्श गरेको छ। त्यसैले निर्वाचनको वातावरण र तयारी दुवै सकारात्मक दिशामा छन्।”

प्रधानमन्त्रीका अनुसार, वर्तमान सरकारले निर्वाचनलाई प्रमुख प्राथमिकतामा राखेर आवश्यक सबै संयन्त्र तयारी अवस्थामा राखेको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com