काठमाडौं । नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमै विभाजनको संघारमा पुगेको छ।

पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि, सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने वा नयाँ पार्टी बनाउने घोषणा गरेका छन्।

advertisement

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको एकता प्रस्ताव पारित भएलगत्तै नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ‘विसर्जन’ गरेको आरोप लगाए।

‘अब हामी अर्को पार्टी बनाउँछौं। हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ, नभए नयाँ बनाउँछौँ,” खनालले सञ्चारकर्मीहरूसँग भने, ‘क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने छौं।’

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com