काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन्।

रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताए।

advertisement

उनले आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो गरे। जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको बताए।

उनले भने, ‘अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन्। अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन्। मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ। सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ। हाम्रा पनि कमी कमजोर थिए होलान्। जनतासँग हामीले पनि बुझाउनुपर्ने हुन्छ।’

उनले राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाए।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com