काठमाडौ‌ ।  भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार पहल थालिएको छ । त्यसका लागि  भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्क सुरु गरिएको छ।

यो कार्यक्रमले नवीन र रूपान्तरणकारी व्यावसायिक विचार भएका नेपाली उद्यमीहरूलाई आवेदन गर्न आमन्त्रण गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

advertisement

यस अन्तर्गत सहभागीहरूलाई आईआईटी मद्रासमा आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुने आठ हप्ते पूर्णरूपमा छात्रवृत्ति प्रशिक्षण र नवप्रवर्तन कार्यक्रममा सहभागी गराइनेछ।

आईआईटी मद्रास प्रवर्तक भारतका प्रमुख इन्क्युबेटरमध्ये एक हो, जसले अहिलेसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्युबेट गरिसकेको छ । तीमध्ये १४ वटा स्टार्टअपहरूले आफ्ना प्रविधिहरू सफलतापूर्वक व्यावसायिक बनाएका छन्।

सहभागीहरूले व्यावहारिक सिकाइ, विज्ञहरूको मार्गदर्शन, र इन्टर्नसिपका अवसरहरू पाउनेछन्, जसले उनीहरूका विचारहरूलाई कार्यान्वयनमा रूपान्तरण गर्न मद्दत गर्नेछ।

यो पहल भारतको काठमाडौ‌स्थित दूतावासद्वारा आयोजित पहिलो भारत–नेपाल स्टार्टअप कनेक्ट र दोस्रो भारत–नेपाल स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भका कार्यक्रमहरूको सफलतामाथि आधारित छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com