काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले हालैको ‘जेनजी क्रान्ति’ लाई नेपालकै तेस्रो जनआन्दोलनका रूपमा वैधानिक मान्यता दिनुपर्ने आवश्यकता औंल्याएकी छन्।

उनका अनुसार भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले देशमा सुसंस्कृत राजनीति, पारदर्शिता र सुशासनको नयाँ चेतना जगाएको छ, जसलाई अब संविधानिक र संस्थागत रूपमा रुपान्तरण गर्नुपर्ने बेला आएको छ।

advertisement

डा. कार्कीले भनेकी छन्, ‘भदौ २३ गतेको जनआन्दोलनले देखाएको शालीनता, अनुशासन र परिवर्तनको उत्कट चाहना नेपालका युवाको चेतनाको उच्च रूप हो, जसले नयाँ राजनीतिक दिशानिर्देश दिएको छ।’

तर उनले भदौ २४ गतेका घटनामा देखिएका तोडफोड, आगजनी र अराजक गतिविधिलाई जेनजी पुस्तासँग जोड्नु अन्यायपूर्ण हुने बताइन्। उनका अनुसार, ‘केही व्यक्तिको असामाजिक व्यवहारका कारण सम्पूर्ण पुस्ताको चरित्रमाथि दोष थोपर्नु गलत हो।’

डा. कार्कीले आन्दोलनका क्रममा राज्यको दमन र बल प्रयोगलाई ‘आपराधिक र अक्षम्य कार्य’ भन्दै त्यसमा संलग्न व्यक्तिहरूलाई तुरुन्तै कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्।

त्यस्तै, उनले आन्दोलनमा सहिद भएका परिवार र घाइते युवाहरूको ससम्मान हेरचाह तथा जिम्मेवारी राज्यले लिनुपर्ने धारणा समेत राखेकी छन्।

उनका शब्दमा, ‘यो आन्दोलन केवल राजनीतिक असन्तुष्टिको अभिव्यक्ति होइन, यो नयाँ पुस्ताले मागेको जवाफदेही शासन र नैतिक नेतृत्वको उद्घोष हो — जसलाई अब राज्यले आत्मसात् गर्नैपर्छ।’

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com