काठमाडाैं । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका-७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको मोटरसाइकल र डिजिटल क्यामेरासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

advertisement

ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका जलारी कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट तथा चोरीमा संलग्न रहनुका साथै अहिले लटपातमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका निजलाई अपराधिक उपद्रव मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com