धनगढी । कञ्चनपुरमा शनिबार बिहान भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणी नजिक ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनाग्रस्त भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।
दुर्घटनामा कृष्णपुर नगरपालिका–९ बण्डका करिब ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि वाणी अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको डीएसपी जोराले बताए।
बसमा दुर्घटनाका बेला पाँच जना सवार रहेका थिए। दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका–३, दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार











प्रतिक्रिया