धनगढी । कञ्चनपुरमा शनिबार बिहान भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणी नजिक ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनाग्रस्त भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।

advertisement

दुर्घटनामा कृष्णपुर नगरपालिका–९ बण्डका करिब ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि वाणी अस्पताल पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको डीएसपी जोराले बताए।

बसमा दुर्घटनाका बेला पाँच जना सवार रहेका थिए। दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका–३, दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com