काठमाडाैं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, गुण्डुमा सुरु भएको छ।

बैठकमा आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको तयारीसम्बन्धी प्रमुख एजेन्डामाथि छलफल हुँदैछ। विशेषगरी महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटी, व्यवस्थापन तथा निर्वाचन तालिका तय गर्ने विषयमा बैठकले निर्णय लिने बताइएको छ।

advertisement

एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार देशभरका छ लाख ६० हजार संगठित सदस्यबाट महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सुरु हुनेछ। ती सदस्यहरूले २०८२ साल चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसकेका छन्।

आजको बैठकले प्रतिनिधि छनोटका मापदण्ड र प्रक्रियासम्बन्धी स्पष्ट दिशा तय गर्ने अपेक्षा गरिएको छ। बैठकपछि पार्टीले महाधिवेशन तयारीको औपचारिक कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com