काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्र शाहीले बारम्बार अवसर पाउने र अझैसम्म अवसर नपाएका बीचको विभेद नै अहिलेको प्रमुख राजनीतिक द्वन्द्व भएको टिप्पणी गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, ‘बारम्बार अवसर पाएका र पटक-पटक अवसर पाउने जति नै योगदान गरेर पनि, अहिलेसम्म कुनै अवसर नपाएका बीचको विभेद र असमानता नै अहिलेको मुख्य द्वन्द्व हो।’

advertisement

नेता शाही भन्छन् , ‘योगदानको आधारमा होइन, पहुँच र निकटताका आधारमा अवसर बाँडफाँड हुँदै आएको कारण दलभित्र असन्तुष्टि बढेको छ।’ शाहीले यस प्रवृत्तिले संगठनभित्र आन्तरिक द्वन्द्व र असन्तुलन निम्त्याएको भन्दै सुधारका लागि नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

उनले पार्टीभित्र अवसर वितरणमा पारदर्शिता र समानताको अभ्यास सुरु नगरे असन्तोष थप गहिरिने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com