काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले राष्ट्र गम्भीर संकटमा रहेको भन्दै अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताएका छन्।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा निरन्तर प्रयास र बाहिर हुँदा राज्यलाई सचेत गराउँदै आएको बताए।

advertisement

दाहालले नेपालमा समाजवादी क्रान्ति नजिक आइरहेको र निराश हुनुपर्ने कुनै कारण नभएको बताए। उनले नेपालको वर्तमान परिस्थितिलाई  ‘समाजवादी क्रान्तिको प्रारम्भिक संकेत’ का रूपमा व्याख्या गर्दै भने, ‘२३ र २४ का घटनाक्रमले देखाएको छ – क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। यदि जनताको असन्तुष्टि र आक्रोशलाई सही ढंगले संगठित गर्न सकियो भने समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।’

उनले अहिलेको चरणलाई रणनीतिक दृष्टिबाट महत्वपूर्ण मान्दै क्रान्ति र परिवर्तनका लागि जनसहभागिता र संगठनिक तयारी अपरिहार्य रहेको जोड दिए।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com