भोजपुर ।  षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए ।
दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ छन् । उनिहरुको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com