काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पूर्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्।
शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किएको उल्लेख गरे।
उनले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गरे। ‘प्रचण्ड’ले भने, शर्मा सचिवालय बैठक छोडेरबीचमै निस्किएका थिए।
उनले माओवादी केन्द्र छाड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता हुन नहुने धारणा राखेका थिए।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया