काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने बताएका छन्।

आज यहाँ आयोजित भेलामा उनले पार्टीलाई व्यापक पुनर्गठन गरी सङ्गठनलाई थप सशक्त गर्न आवश्यक रहेको बताए।

advertisement

पूर्वप्रधानमन्त्री खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्व पुस्तान्तरण गर्दै पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्नेमा सुनाए।

वामपन्थी शक्तिले पार्टीभित्रको आफ्ना वैचारिक दृष्टिकोण प्रष्ट गरी आन्तरिक विवाद हल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसपछि गरिने एकता दीर्घकालीन हुने विचार व्यक्त गरे।

‘मुलुकमा छरिएका कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको समस्याले कम्युनिष्ट आन्दोलन जुट्ने र फुट्ने प्रक्रियामा छ। वैचारिक दृष्टिकोणसहित नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठनको आवश्यकता छ। त्यसले मात्रै सामाजिक न्याय, आर्थिक रुपान्तरणका कार्यक्रम कार्यान्वयन गर्दै अगाडि बढ्न सकिन्छ’, खनालले भने।

उनले मुलुकमा सुशासन कायम गर्न नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष छानबिन प्रक्रियाबाट दोषी देखिएका नेतालाई पार्टी जिम्मेवारीबाट अलग गरिनुपर्ने धारणा राखे।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com