काठमाडौं । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र समाजका अगुवाहरूले बेलाबेला असामान्य व्यवहार देखाउने गरेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले लेखेका छन्, ‘केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले कहिलेकाहीँ सर्को तानेर बोलेको वा लेखेको जस्तो लाग्छ। सर्को तानेर रमाउने कुरा ठिकै हो, तर त्यस्तो अवस्थामा कृपया केही पनि नबोल्न र नलेख्न आग्रह गर्दछु।’
उनको यो भनाइ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गएराति सामाजिक सञ्जालमा प्रयोग गरेका अश्लील शब्दावलीप्रति परोक्ष प्रतिक्रिया भएको ठानिएको छ। बालेनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ, जसको सन्दर्भमै मन्त्री पुनले आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया