काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दैछिन्। आइतबार दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

रावलका अनुसार बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ। संघीय संरचनाअन्तर्गत संघ र प्रदेश सरकारबीच संवाद र सहकार्य सुदृढ गर्न प्रधानमन्त्रीले उक्त बैठक आह्वान गरेकी हुन्।

advertisement

बैठकमा संघ–प्रदेशबीचको समन्वय, सरकारका नीतिगत प्राथमिकता, निर्वाचनको वातावरण निर्माण, शान्ति-सुरक्षा, र सरकारको मितव्ययी नीति कार्यान्वयनलगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा सहभागी हुने मुख्यमन्त्रीहरूमा कोसी प्रदेशका हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह रहेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले संघीय र प्रदेश सरकारबीचको नीति तथा कार्यगत सहकार्यलाई अझ प्रभावकारी बनाउने मार्ग तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com